Director/Producer of Nepali Movie "LOOT" Has Received A Hyundai ITN Car As Giftनेपाली सिनेमा उद्योगमा इतिहास बनाउन सफल सिनेमा 'लूट' का निर्देशक निश्चल बस्नेतले निर्माता नरेन्द्र महर्जनबाट कार उपहार पाएका छन् । नरेन्द्रले १८ लाख मूल्य पर्ने हुन्डाईको आइटीएन कार उपहार दिएका हुन् । निश्चल स्वयम निर्माता भएपनि निर्देशकको दायित्व पूरा गरेकाले कार दिएको नरेन्द्रले बताएका छन् ।
पुस २९ गतेदेखि रिलिज भएको सिनेमा लूटले ४२ दिनसम्म ३ करोड पाँच लाख अलनेपाल ग्रस कलेक्सन गरेको छ । यहि खुशीयालीमा नरेन्द्रले बस्नेतलाई कार उपहार दिएका हुन् । पहिलो निर्देशनबाटै मिहेनतको फल पाएकाले आफू अति नै खुशी भएको निश्चलले बताएका छन् ।
Source: DCNepal.com
No comments:
Post a Comment