|
शान्ति, संविधान नयाँ नेपाल निर्माण र हिमाल बचाऊ अभियानका लागि मानवताको आत्मादेखि पृथ्वीको शिखरसम्म हुन लागेको लुम्बिनी सगरमाथा शान्ति यात्रा २०१२ लाई सफल बनाउन रेखालाई शान्तिदूत बनाइने भएको छ । तर हाललाई भने उनले सगरमाथा नचढेर बेसक्याम्पसम्म पुगेरै चित्त बुझाउने छिन् । यस यात्रामा आरोहण गर्नेहरुलाई चियर अप गर्नका लागि एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका युवा सभासद् गगन थापा र शान्तिदूत भएवापत रेखा थापा सहभागी भई सगरमाथाको बेसक्याम्प पुगी आरोहण दलका सदस्यलाई उत्प्रेरित गर्नेछिन् ।
नायिका थापाले सगरमाथा चढेपछि हिउँको कारण छालामा पर्ने प्रभाव हटाउन र सगरमाथा चढ्ने तालिम लिनै महिनौ लाग्ने भएकोले तत्काल फिल्मको कामहरु छोडेर सगरमाथा चढ्न सम्भव नभएको बताएकी छिन् । तर पछि भएपनि सगरमाथा चढ्ने सोचचाहिँ भएको बताएकी छिन् । यो आरोहण लुम्बिनी सगरमाथा दलले गर्न लागेको हो
स्रोत: DCNepal.com ।
No comments:
Post a Comment