|
|
नायिका रेखा थापाको नयाँ चलचित्र 'रावण' चैत्र २७ गते देखि रिलिजमा आउने भएको छ । यस सिनेमामा चलचित्र 'अन्दाज' डेब्यू हिरो सबिन श्रेष्ठले आफ्नो ज्यानलाई नै जोखिममा राखेर रेल स्टण्ट दिएका छन् ।सुरुमा ज्यानको खतरा हुने डरले इन्डियनहरुले स्टण्ट गर्न दिएका थिएनन् तर रेखा पति छबिको आग्रहलाई स्वीकार्दै सबिनले यो स्टण्ट दिएका हुन् । मालबाहक रेलको स्पिडमा सबिन अघि अघि दौडन्थे र पछि पछि रेल । नो रिक्स नो गेम भन्दै निर्देशकको आग्रह बमोजिम आफ्नो काम पूरा गरेको सबिन बताउँछन् । काम गर्दा केहि नयाँ गरौँ भन्ने लागेर नै स्टण्ट दिएको सबिन बताउँछन् ।
चलचित्र भित्रका नेगेटिभ पात्र कमलकृष्णले सबिनलाई बेहोस बनाएर रेलको लिकमा फालि रेखासँग विबाह गर्न खोजेको बेला आफ्नी प्रेमीकालाई भिलेनको हातबाट छुटाउन सबिन लिकबाट उठेर दौडेको बेला रेल उनको पछि पछि आइरहेको सिनलाई दर्शकले पर्दामा देख्न पाउनेछन् । चलचित्र रावणलाई कमलकृष्णले नै निर्देशन गरेका हुन् भने चन्द्र पन्तले द्वन्द्व निर्देशन गरेका हुन् !Source: DCNepal
No comments:
Post a Comment