Sunday, March 11, 2012

नायिका रेखा थापालाई आमा बन्ने फुर्सद छैन

Nepali Celebrity/Actress Rekha Thapa Has Not The Time To Be A Mother
नेपाली सिनेमाका नायिकाहरु सिनेमामा मात्र नभइ रियल लाइफमानै आमा बनिरहेका छन् । नायिका सञ्चिता लुइटेलले पहिलो सन्तानलाई जन्म दिएको सात महिना मात्र हुँदा दोस्रो सन्तानलाई पनि जन्म दिने भएकी छिन् । त्यसो त नायिका मेलिना मानन्धर, अरुणिमा लम्साल आमा बनिसकेका छन् भने नायिका ऋचा घिमिरे पनि आमा बन्नेवाला छिन् ।

आफ्नो सहकर्मीहरुले आमाको अनुभव लिँदा नायिका रेखा थापालाई भने सन्तानको रहर नभएकै हो त ? करिब १० वर्ष अघि निर्माता छबि ओझासँग बैवाहिक जीवनमा बाँधिएकी नायिका रेखा थापालाई सन्तानको रहरको बारेमा सोध्दा उनले रातदिनको सुटिङले गर्दा बच्चा पाउने फुर्सद नभएको खुलासा गरेकी छिन् । समयले साथ नदिँदा आफ्नो चाहना पुरा गर्न नसकेको दुखेसो रेखाले पोखेकी छिन् । चलचित्र क्षेत्रमा निकै व्यस्त मानिने यि नायिकाले सबै सहकर्मीको सन्तान भईसके मेरो त अझै हुन सकेन, अब त रहर लाग्न थालेको छ भनेकी छिन् ।

सन्तानको रहर लागेपनि अझै केहि समय चलचित्रमा सक्रिय भएर लाग्नु परेकाले बाध्यताले गर्दा आमा बन्न नसक्ने उनले बताएकी छिन् । तर अभिनयबाट प्रोडक्सन तिर लागेपछि आमा बन्ने उनको सोच छ ।

-स्रोत: डिसीनेपाल

No comments:

Post a Comment

Nepali Movie News/Gossips
New Nepali Movies 2012
Disclaimer: This blog contains the videos/movies and other stuffs availed from external link/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor (we are not using these resources commercially). If you are the copyright owner of any contents posted on this blog, please consider to contact us, and we'll remove your content immediately. You can mail us at woofanurag@gmail.com. Love Nepali Music/Videos/Movies- Stop Piracy.... Thanks.