Sunday, March 11, 2012

सिराहामा भीषण आगलागी, १० परिवारको ३० घर ध्वस्त

30 house burnt by Disaster Burning in Siraha Nepal
सिरहा फागुन २८ - सिरहाको नहरा रिगौल २ मा शनिबार राति भएको आगलागीमा १० परिवारको ३० घर जलेर नष्ट भएको छ। स्थानीय रामकृपाल यादवको गाई गोठमा लामखुटे भगाउन बालेको घुरबाट सल्केको आगो आसपासका ३० घर जलाएको हो।

आगलागीबाट करिब १ करोड बराबरको धनमाल क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। सिरहा प्रहरीका अनुसार, १० परिवारको ३० घर जलेर ध्वस्तै भएको छ भने अन्य ३० घरमा आंशिक क्षति पुगेको छ। राति ९ बजे लागेको आगो लहान नगरपालीकाबाट आएको बारुण यन्त्रण, स्थानीय र सुरक्षाकर्मीको सयुक्त सक्रियतामा अबेर राति नियन्त्रणमा आएको थियो।

आगलागीमा घरवारबिहीन १० परिवारलाई अस्थायी बसोबास र आगलागी पीडितलाई क्षतिपूर्ति वितरणका लागि जिल्ला दैबी प्रकोप उद्धार समिति घटनास्थल जाने तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी ध्रुब प्रसाद ढकालले बताए।

-स्रोत: नागरिकन्युज

No comments:

Post a Comment

Nepali Movie News/Gossips
New Nepali Movies 2012
Disclaimer: This blog contains the videos/movies and other stuffs availed from external link/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor (we are not using these resources commercially). If you are the copyright owner of any contents posted on this blog, please consider to contact us, and we'll remove your content immediately. You can mail us at woofanurag@gmail.com. Love Nepali Music/Videos/Movies- Stop Piracy.... Thanks.