Sunday, March 11, 2012

धुर्मुस र सुन्तलीले बनेपाली दर्शकलाई हँसाए

Dhurmus and Suntali Made Fun in a Stage Program held in Banepa, Panauti
स्टेजबाट कार्यक्रम सञ्चालकले कार्यकर्ता भेलामा पनौती आएका एमाले नेता केपी शर्मा ओली बनेपामा आयोजित मध्यमाञ्चल महोत्सवमा पनि सहभागी हुन आउँदै हुनुहुन्छ भनेको केही समयमै स्टेजमा झुल्किए केपी ओली, तर यी ओली भने तन्नेरी उमेरका देखिन्थे। पछिबाट मात्र दर्शकले थाहा पाए, उनी त हास्यश्रृंखला मेरी बास्सैका धुर्मुस अर्थात् वडाध्यक्ष डुब्लिकेट ओली पो रहेछन्। मध्यमाञ्चल महोत्सवमा थुप्रै कलाकारले स्थानीय दर्शकलाई पर्याप्त मनोरञ्जन दिए, तर शनिबार धुर्मुस, सुन्तली र चम्सुरी आउने भन्ने थाहा पाएपछि दर्शकको भीड एक्कासि ह्वात्तै बढेको थियो।

चम्सुरीका प्रश्नमा ओली बनेका धुर्मुसले ठट्यौले उत्तर दिएर दर्शकको मन जितेका थिए। करिब आधा घन्टाको ओली संवाद सुनुन्जेल दर्शकले समय बितेको पत्तै पाएनन्। कार्यक्रममा धुर्मुस सीताराम कट्टेल र सुन्तली कुन्जना घिमिरेले समसामयिक परिस्थितिलाई व्यंग्यमा ढालेर तयार पारिएको प्रहसन 'सच्चा नागरिक' प्रस्तुत गर्दा दर्शक पेट मिचिमिची हाँस्न बाध्य भए। धुर्मुसका दुई भिन्न गेटअप र प्रहसन हेरेका दर्शक चम्सुरी अर्थात् पल्पसा डंगोलको नृत्य हेर्न पाउँदा पनि उत्तिकै उत्साहित देखिन्थे। पल्पसाले मै ठूली भैछु रे गीतमा आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन्।


- स्रोत: डिसीनेपाल

No comments:

Post a Comment

Nepali Movie News/Gossips
New Nepali Movies 2012
Disclaimer: This blog contains the videos/movies and other stuffs availed from external link/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor (we are not using these resources commercially). If you are the copyright owner of any contents posted on this blog, please consider to contact us, and we'll remove your content immediately. You can mail us at woofanurag@gmail.com. Love Nepali Music/Videos/Movies- Stop Piracy.... Thanks.