|
नायिका सञ्चिता लुइँटेल गजधम्म मोटाएकी छिन्। छोरो पाउनु अघिसम्म लिखुरे ज्यानकी सञ्चिता छोरो पाएपछि भने राम्रैसँग मोटाइन्। उनको मोटाइ हेर्दा लाग्छ अब, उनी सिनेमालाई बाई बाई भन्दैछिन्। आमा सञ्चिता मात्र होइन, छोरो पनि उत्तिकै खाइलाग्दो छ। छोरोलाई पर्याप्त समय दिन पनि घरमै रमाइरहेको सञ्चित आफैं बताउँछिन्। 'सन्तानका लागि आमाको स्याहार महत्त्वपूर्ण हुन्छ नि, त्यही भएर मैले अहिलेलाई फेरि अभिनयको संसारमा आउने सोचेकी छैन,' अप्सरादेखि पर्खिराख है सम्म ८६ वटा चलचित्रमा अभिनय गरेकी सुन्दर नायिका सञ्चिताले भनिन्- 'छोरो पाएपछि यो नै मेरो संसार हो जस्तो लाग्न थालेको छ।' अभिनयका लागि अब समय दिन मिल्छ कि भनेर उनलाई थुप्रैले प्रस्ताव गरे पनि अहिलेलाई काम नगर्ने जवाफ दिएको उनले बताइन्। 'यसलाई हुर्काएपछि अभिनयका बारेमा सोचौंला,' मेरो जवाफ यहि हो, सञ्चिताले भनिन्।
स्रोत: साप्ताहिक
No comments:
Post a Comment