Wednesday, January 25, 2012

लुट: सबैको मन लुट्न सफल | LOOT : Most popular Nepali movie ever

LOOT : Most popular Nepali movie ever

छुनलाई होइन हेर्नचाहिँ पाइन्छ

आँखालाई सेक्न जति नि पाइन्छ,

उध्रेको चोली छ है तै पनि लाइन्छ..'

फेसबुकमा लिंक राखिएपछि यो गीतले वास्तवमै एक किसिमको तरंग ल्यायो। यो लूटकै आइटम गीत हो, जसमा नायिका सुष्मा कार्कीले कामुक नृत्य प्रस्तुत गरेकी छिन्। लूट आजभोलि फेसबुकमा छाएको छ। लूटले यति ग्रस इनकम गर्‍यो, लूट हेर्न दोहोर्‍याएर हल पुग्नेको लर्को बढ्यो, लूटको सिक्वेल बन्ने, लूट यस्तो लूट त्यस्तो भनेर पोष्ट बढ्ने क्रम पनि उत्तिकै छ। लूटका बारेमा फेसबुकमै पोस्ट भएका केही जानकारी यसपटकको फेसबुक फन्डामाः

०००

लूटकै सन्दर्भमा पत्रकार केदार शर्मा लेख्छन्- सावधान ! सावधान !! सावधान !!! लूट हेर्न नजानुहोला... यदि तपाईंलाई .....

१८ पुराण, आस्था, संस्कार आदि च्यानलबाट अर्ती, उपदेश र सन्देश सुन्न पुगेको छैन र नेपाली सिनेमा पनि ज्ञानकै लागि हेर्नु छ भनें;

यदि तपाईं सडक-टोलमा दिनहुँ हिँड्दा सुनिने वा आफैंले बेला मौकामा बोल्ने जति पनि फोहोरी गाली सिनेमामा सुन्न चाहनुहुन्न भने;

लूट हेर्न नगए हुन्छ..... यदि तपाइर्ंलाई ....

यदि तपाईंलाई नेपाली पाराको, स्वाभाविक र नरटिएको संवाद सुन्नमा खासै चाख छैन भनें;

यदि तपाईं सौगात मल्ल, दयाहाङ राई र कर्माको सशक्त अभिनय हेरेर रमाउन चाहनुहुन्न भने;

लूट हेर्न अवश्य जानुहोला......

यदि तपाईंलाई ......

राम्रो अभिनय र गजबको सिने-शिल्प हेरेर नेपाली चलचित्रकर्मीहरूको पिठ्युँमा धाप मार्न चाहनुहुन्छ भने;

०००

चलचित्र निर्माता राजेश घतानी लेख्छन्ः

नेपालीहरूले गर्व गरेर नेपाली चलचित्र राम्रो बन्छ भन्न सक्ने चलचित्र बनेको छ लूट, एकपटक हेर्नुहोस अनि थाहा हुन्छ नेपाली फिल्मको स्तर कहाँ पुगेको छ ? यदि लूट हेर्नु भएन भने राम्रो चलचित्र हेर्नबाट वञ्चित हुनुहुनेछ र यो गल्ती नगर्नुहोला।

०००

नायिका विनिता बराल लेख्छिन्ः

ओ माइ गड लूट हेरेको अमेजिङ !! सुपर्ब डायलग्स, वन्डरफूल एक्टर्स..झकास प्रेजेन्टेसन... धेरै समय पछि मैले दर्शक श्रोताहरूले नेपाली चलचित्र हेरेर मनोरञ्जन हासिल गरेको पाएँ। ओ एस, लूट नेपाली चलचित्र हो.....म आफू नेपाली चलचित्र उद्योगमा छु भनेर अब गर्व गर्न पाउने भए।

०००

गायक प्रकाश पौडेलले लूटको समीक्षा नै गरेका छन्। प्रकाश धरान एकाउन्टको उनको वालमा पोष्ट गरिएको छः

लूट-नेपाली चलचित्र ८८८८ माइ भ्यू

अब पोस्टर भ्यालु राख्ने नायकको जरुरत रहेन। यदि तपाईं आफ्नो चलचित्र हिट होस भन्ने चाहनुहुन्छ भने वास्तविक चरित्र उतार्न सक्ने नायक प्रयोग गर्नुहोस्...लूटका निर्देशक निश्चल बस्नेतले पहिलो निर्देशनमै निर्देशकीय क्षमता पुष्टि गरिदिएका छन्....सर्वोत्कृष्ट क्यामेरा वर्क देखाएका छन्, क्यामेरापर्सन पुरुषोत्तम प्रधानले। सौगात मल्लले सुपर्ब एक्टिङ गरेका छन्। दयाहाङले चलचित्रलाई हास्यप्रधान बनाएका छन् भने नायक कर्मा पनि यसभन्दा अघिका चलचित्रभन्दा पृथक् पहिचान छोड्न सफल भएका छन्। केही फन्नी एवं खिच्चा डायलग पनि चलचित्रमा उत्तिकै सुहाउदिला देखिएका छन्। क्लाइमेक्स पनि उत्तिकै टि्वष्ट गरेर आकर्षक बनाइएको छ। वन्डरफूल स्क्रिप्ट, अमेजिङ डाइरेक्सन, समग्रमा सुपरहिट ८८८८

स्रोत: साप्ताहिक/फेसबुक फण्डा

No comments:

Post a Comment

Nepali Movie News/Gossips
New Nepali Movies 2012
Disclaimer: This blog contains the videos/movies and other stuffs availed from external link/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor (we are not using these resources commercially). If you are the copyright owner of any contents posted on this blog, please consider to contact us, and we'll remove your content immediately. You can mail us at woofanurag@gmail.com. Love Nepali Music/Videos/Movies- Stop Piracy.... Thanks.