Local Public Interrupted the Road Widening Project in Kathmandu Cityराजधानीको सडक विस्तारमा स्थानीयको विरोध कती स्वाभाविक कती अस्वाभाविक ? काठमाडौंको गैह्रीधारा–बालुवाटार सडकखण्ड विस्तारमा अबरोध पुरयाएको भन्दै प्रहरीले कांग्रेस नेता बलबहादुर केसी र नरहरी आचार्यसहित ११ जनालाई पक्राउ गरेको हो । तर सडक विस्तारका नाममा सरकारले निजी सम्पत्तिमाथि हस्तक्षेप गरेको भन्दै त्यहाँका बासिन्दाले विहानैदेखि विरोध प्रदशन गरे । विरोध प्रदशनको क्रममा स्थानीय वासिन्दा र प्रहरीबीच झडप समेत भएको थियो । सडक अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचनाले सवारी आवागमनमा समस्या भएपछि ट्राफिक प्रहरीको सकृयतामा काठमाडौंमा सडक विस्तार अभियान चलिरहेको छ । khabar bhitra ko khabar-
आफ्नै छोराहरुको तिरस्कारमा बाचिरहेका आमाहरु , आफ्नै छोराहरुले पशुपतिनाथ मन्दिरमा अलपत्र परी छोडी दीएका ९९ बर्षया बृद्धको पीडा | khabar bhitra ko khabar february 25th,2012-
If video is not working... Please comment below(भिडियोमा केहि समस्या भएमा कृपया तल कमेन्ट गर्नुहोला
Indian SSP's Infraction on Jange Pillar- Boundaries of Nepal
नेपालको सिमाना खुम्चिदै छ , नेपाल झन झन सानो हुँदै छ , !!! सुस्ता को ५० बीघा जग्गा मिचियो !!! सुस्तामा फेरी १४ हजार हेक्टर नेपाली भूमि भारत द्वारा मिचियो !!!! सर्लाहिमा दशगजा लाइ सारेर ३ किलोमीटर भित्र गाडियों !!!!! कालापानिको नेपाली भूमिमा भारतीय सैनिक क्याम्प !!!!! इलाममा भारतीय हरु द्वारा नियोजित रुपमा नेपाली भूभाग अतिक्रमण !!!!! यस्ता शीर्षक बाट सुरु भएका समाचार हरुले मनै नपिरोल्ने र एकाएक देशप्रेम को भावना जागृत नहुने नेपाली शायद धेरै थोरै मात्र होला !हरेक २,४ महिना मा यस्ता समाचार हरुले नेपाली पत्रिका हरु रंगिने गर्छ र यसरी रंगिने क्रम पंचायती शाशन काल देखि नै अटूट रुपमा चली रहेकोछ मात्र फरक के छ भने उ बेला थोरै हुन्थ्यो भने आजकाल धेरै रंगिने गर्छ र यो क्रम चलिनै रहनेछ जब सम्म भारतीय आश्रीवाद ले नेपाल को राजनैतिक पार्टी हरु र नेताहरुको राजनैतिक भविष्य निर्धारित गर्छ ! र भारतद्वारा नेपाली भूमि मिचिने अनि नेपाली हरु लखेटियर आफ्नै देशमा शरणार्थी बन्ने क्रम तब सम्म रोकिन्न जब सम्म भारत परस्त नेता हरु अनि RAW ( Research and analysis wing ) का चम्चा हरु नेपालमा सल्बलाई रहन्छन !
भन्नेनै हो भने बुझ्नेलाई इशारा नै काफी भनेझै हाम्रा आदर्श र देश भक्ति को भाषण छाँटदै अनि नेपाल लाइ खतरा छ भन्दै सोझा सीधा वर्ग लाई सधै शोषण गर्दै हिंड्ने नेता हरुलाई र त्यसका कार्यकर्ता हरुलाई यही सानो हेडलाइन र एउटा दयनीय तस्वीर मात्रै काफी छैन र ? देशको लागी बोल्ने र केही गर्ने हो भने ?
सरसरी यिनीहरुका चरित्र का पानाहरू पल्टाएर हेर्ने हो भने वास्तविक रुपमा देश लाई कतै बाट कसै बाट खतरा छ भने यिनै नेता हरु बाट छ ! नत्र किन कसैले यस्तो सम्बेदंशील विषय हरुको समाधान खोज्न चाहदैन ? नेपाल-भारत सिमावर्ती क्षेत्रमा डेढ सय भन्दा बढी सिमा स्तम्भहरु हराएका छन् , एसएसबीले नेपाली भूमि मिचिरहे पनि यसबारे नेपाल सरकार भने कानमा तेल हालेर बसिरहेको छ ।
If video is not working... Please comment below(भिडियोमा केहि समस्या भएमा कृपया तल कमेन्ट गर्नुहोला
Disclaimer: This blog contains the videos/movies and other stuffs availed from external link/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor (we are not using these resources commercially). If you are the copyright owner of any contents posted on this blog, please consider to contact us, and we'll remove your content immediately. You can mail us at woofanurag@gmail.com. Love Nepali Music/Videos/Movies- Stop Piracy.... Thanks.