|
|

लाहुरे कल्चरको कथाले भरिएको नायक प्रशान्त तामाङद्वारा अभिनित चलचित्र 'गोर्खा पल्टन' सर्वाधिक पाइरेसी गरिएको नेपाली सिनेमा बनेको छ।
यस चलचित्र गोर्खापल्टनका निर्माताले पाइरेसीका कारण एक करोडानुमानित अतिरिक्त क्षति पुगेको बताएका छन्। ६० लाखमा बनेको चल्चित्र 'गोर्खा पल्टन' लाई माघ सम्म भिडियो साझेदारी साइट युट्युवमा १ करोडभन्दा बढीले हेरेको अनुमान गरिएको छ । चलचित्रले २ करोड २५ लाख ग्रस मार्क गरेको थियो ।
रिलिजको एकमहिनामै सिनेमाको अनलाइन पाइरेसी भएको थियो जसका कारण ‘गोर्खापल्टन’को पूर्वनिर्धारित डायस्पोरा प्रदर्शनलाई कार्यक्रम स्थगित गर्नुपर्यो । कन्टेन्ट र प्रशान्त तामाङको स्टारडमले ‘गोर्खापल्टन’ हिट बनेको थियो । जनजाति समुदायमा यसले निकै सेयर कलेक्सन गर्यो ।
‘गोर्खापल्टन’ पछि पाइरेसीका कारण घाटा ब्योहोर्ने अर्को सिनेमा बन्यो –बाटो मुनिको फूल । अनलाइन पाइरेसीका कारण यो सिनेमाको पनि विदेश प्रदर्शन प्रभावित बन्यो ।
- डीसीनेपाल
No comments:
Post a Comment