|
|
ड्रिम प्रोजेक्टको रूपमा "हिरोनी" नामको चलचित्र निर्माण गर्ने भएकी हुन्। नेपाली चलचित्र क्षेत्रका नायिकाहरूको यथार्थ घटनालाई उनले पर्दामा प्रस्तुत गर्ने जमर्को गर्न लागेकी हुन् । उक्त चलचित्रमा "नेपाली नायिकाहरूले भोग्नु परेका दुख सुख अनि संघर्षका कथाहरू पर्दामा जस्ताको तस्तै उतार्ने कोसीस गर्नेछु"- चलचित्रको कथा आफै लेखेको बताउने प्रियंकाले छोटो जानकारी दिइन ।भर्खरै मात्र "थ्री लभर्स" चलचित्रको सुटिङ सकाएकी प्रियंकाले सोही चलचित्रमा सहायक निर्देशकको रूपमा रहेका मुस्कान ढकाललाई आफ्नै चलचित्रबाट डेब्यू गराउँदै छिन् । मुख्य भुमिकामा आफू नै रहने बताउँदै प्रियंकाले पटकथा र संवादको जिम्मा निर्देशक शिब रेग्मीलाई दिने योजना बनाएको बताईन् । चलचित्रमा नायकको भुमिका कस्ले गर्छ भन्ने बारे अझै निधो नभएको उनको भनाई छ । थोरै लागतमा निर्माण गर्ने सो चलचित्रको छायाँकन भने केहि समय ढिला नै हुने प्रियंका बताउँछिन् ।
-साभार: ग्लामरनेपाल
No comments:
Post a Comment