|
|
गरेर बनाउने गरेको पाइन्छ। केहि समय अघि सम्म छिमेकी राष्ट्र भारतमा बनेका भारतीय चलचित्रहरुको नाम नक्कल गरेर नेपाली चलचित्रहरु बनाउने क्रम जारी थियो भने अब सो क्रम रोकिएला कि जस्तो भएको छ, किनकि अब नेपाली चलचित्र कर्मीहरु अंग्रेजी नाम तिर निक्कै आकर्षित भएका छन् । पछिल्लो समयमा निर्माण भई प्रदर्शनको पालो पर्खेर वसेका नेपाली चलचित्र देखि नयाँ वनिरहेका चलचित्रको नाम अंग्रेजीवाट राखिएको छ ।नेपाली चलचित्रहरु Miss U, I am Sorry, Mission Paisa reloaded, Facebook, The Game, Visa Girl, Challenge, Snow Flowers, 3 Lovers, Iku Back again, Kathmandu Night, Mero Love story, Mero Best Friend, Plan लगाएत का नामहरु अंग्रेजी मा राखिएका छन् ।

आफुलाई फरक धारको चलचित्र वनाएको वताउन चाहने निर्माताहरुले वनाएका अधिकांश नेपाली चलचित्रका नाम अंग्रेजीमा छन् । हुनत, अंग्रेजीमा नाम राखिएमा चलचित्रमा केही फरक र दर्शकको नजरमा समेत पर्न जाने र आधुनिक युवा पुस्ताले रुचाउछन् भन्ने सोंच निर्माता निर्देशकले राखेको पनि हुनसक्छ । तर, नेपाली चलचित्रमा आफ्नोपन दिन नसकेपनि कमसेकम चलचित्रको नाममा भने अर्काको भाषालाई र नामलाई प्राथमिकता नदिई आफ्नै नेपाली भाषामा चलचित्र को नाम राखे उचित हुन्थ्यो कि?
- साभार: ग्लामरनेपाल
No comments:
Post a Comment