Wednesday, December 28, 2011

ऊ घर्कंदो र म चढ्दो उमेरकी केटी- रेखा थापाले सम्बन्ध तोड्ने

Relation Conflict between Rekha Thapa & Chhabi Ojha
पछिल्लो समय नेपाली कलाजगतमा सम्बन्ध बिच्छेदको घटना ज्यादै बढेछ। नेपाली ग्ल्यामर फिल्डमा चर्चित रहेकी रुपा उपाध्याय अमेरिकन नागरिक संगको बैबाहिक सम्बन्ध तोडिएपछी केहि समय नेपालमा आएर बसेकी थिइन् । यस्तै नेपाली संगीतमा पनि गायिका अञ्जु पन्त र गायक मनोजराजसँगको दाम्पत्य सम्बन्ध बिच्छेद गरेको घटना सेलाउन नपाउँदै यम बरालको पनि जिबनसंगिनी आकृति राणासँग सम्बन्ध बिच्छेद भएको थियो। येही क्रम अहिले आएर चर्चित अभिनेत्री रेखा थापा र निर्माता छबी ओझा बीच देखिएको छ । रेखा निकट स्रोतका अनुसार एक दशकदेखि सँगै बसिरहेको यो जोडी अब अलग हुने तयारीमा छ ।

आफूहरूको दाम्पत्य जीवन नरहेको प्रष्ट्याउँदै रेखाले छविलाई आफूले लोग्नेभन्दा पनि गार्जियनको रुपमा लिएको बताएकी थिइन । पछिल्लो जन्मदिनमा निकै भावुक रहेकी रेखाले भनिन "म मेरा लागि कहिल्यै बाँचिन, जति बाँचे नेपाली सिनेमा र दर्शकहरु का लागि बाँचे ।" रेखाका यी अभिव्यक्ति र चाहनाहरू बुझ्न कठिन छैन । वर्ष २८ की रेखा र वर्ष ४९ का छवि बीच एउटा पुस्ताको ग्याप छ ।

के तपाईँहरू अलग हुन लाग्नुभएको हो ? भन्ने प्रश्न मा रेखाले घुमाउरो पारामा संकेत गरिन् "मन मिलेन भने छुट्टिनु पर्छा यो साधारण कुरा हो ।" रेखा निकटम स्रोतका अनुसार उनीहरु एउटै घरमा बसे पनि रेखा र छवि बीच बिगत नौ महिन देखि बोलचाल छैन । रेखाका साथीहरू यो जोडी अलग हुने सम्भावना रहेको बताउँछन् । "सँगै बस्ने र नबस्ने कुरामा उमेरको पनि ठूलो भूमिका हुँदो रहेछ" आफ्नो पछिल्लो जन्मदिनमा रेखाले भनेकी थिइन् "ऊ (छवि) घर्कंदो र म चढ्दो उमेरकी केटी । उमेरको ग्यापमा कहिल्यै मुड र विचार मिलेन ।

1 comment:

  1. ani rekha g le arko chai khojeko 6 ki 6ina re ta 6aina vane ma pani chaddo umerko kta ho rekha g ko k b4 6 ta?

    ReplyDelete

Nepali Movie News/Gossips
New Nepali Movies 2012
Disclaimer: This blog contains the videos/movies and other stuffs availed from external link/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor (we are not using these resources commercially). If you are the copyright owner of any contents posted on this blog, please consider to contact us, and we'll remove your content immediately. You can mail us at woofanurag@gmail.com. Love Nepali Music/Videos/Movies- Stop Piracy.... Thanks.