|

छलफलमा निर्देशक सुरेशले अभिनेत्री निशाबाट माग गरेको लिखित सम्झौता बराबरको क्षतिपूर्ति जति रूपैया भएपनि निशाले दिनु पर्ने सजिलो सर्त राखे पछी अभिनेत्रि निशाले सुरेशलाई एक रूपैया क्षतिपूर्ति स्वरूप दिएको संघका महासचिव केशब भट्टराईले बताय। उनले भने "यो विवाद संघ सम्म आउने खालको थिएन मात्र दुई जनाको मिस क्म्यूनिकेशनमा हुदा भएको हो ।" यस्तै विवाद साम्य भएपछी ब्यबसयिकता के हो भन्ने कुरा निशाले बुझदै आगामी दिनमा उनीबाट यस्तो खाले गल्ती अरू चलचित्रकर्मी संग नदोहोरियोस भन्ने धारणा सुरेशले राखेका छन् । गल्ती स्वीकार्दै अभिनेत्री निशाले एक रूपैया भएपनि क्षतिपूर्ति दिनु सकारात्मक भएको भन्दै निर्देशक सुरेशले उक्त एक रूपैयालाई कतै डोनेशन गर्ने बताए ।
यस्तै अभिनेत्री निशाले हामी दुवै जना युवा चलचित्रकर्मी भएकाले मिसअन्डरस्टाण्डिङ भएर यो विवाद जमिएको र यो विवादबाट आफुले एउटा पाठ सिकेको बताईन । तर विवाद टुङ्गीए पनि चलचित्रकर्मीको नाता आगामी दिनमा के होला र तपाईहरू एउटै प्रोजेक्टमा काम गर्ने सम्भावना कति होला भन्ने प्रश्नमा दुवैले भविष्यको कुरा भविष्यमै थाहा होला भन्ने उत्तर दिएका थिए । यस्तै विवादका सम्बन्धमा संघका अध्यक्ष राजकुमार राईलाई कसको गल्ती थियो भन्ने प्रश्नमा उनले पनि कम्यूनिकेशनको कमीले दुई जनाको विवाद देखिएकाले गल्ती दुवैको नभएको बताए ।
No comments:
Post a Comment