|
२०६८ फागुन २४।
नेपाली चलचित्र "बाटो मुनिको फूल" जापानमा हुने OSAKA ASIAN FILM FESTIVAL 2012 (OAFF 2012), Japan मा छनौट भएको छ। सो चलचित्रलाई उक्त फेस्टिवल मा अँग्रेजी नाम "Flower By the Wayside" दिइएको छ। सुरज सुब्बा निर्देशित सो चलचित्र को प्रदर्शन १६ मार्च र १८ मार्चमा २ पटक हुने भएको छ। एस कुमार, रेखा थापा, बाबु बोगटी, नन्दिता के सी को मुक्य भूमिका रहेको "बाटो मुनिको फुल" मा नेपालमा हुने जातिय भेद भाब, छुवा छुत मा आधारित कथा रहेको छ। OSAKA ASIAN FILM FESTIVAL २०१२ बाटो मुनिको फुल लाई किन अंगेजीमा टाइटल राखियो भन्ने बिषयमा जिज्ञाशा राख्दा निर्देश सुब्बा भन्छन "नेपाली टाइटल लाई अंगेजी मा कन्भर्ट मात्र गरिएको हो, नेपाली टाइटल त्यहाँ बुझ्न गारो हुने भएकोले गर्दा एसो गर्नु परेको हो, चलचित्र मा भाषा नेपाली नै हुनेछ र बुझ्न को लागि अंग्रेजीमा सब टाइटल पनि गरिएको छ "। निर्देशक सुब्बा उक्त फेस्टिवल मा आफ्नो चलचित्र छनौट भए पछी निकै खुशी देखिएका छन् । OSAKA ASIAN FILM FESTIVAL २०१२ का लागि निर्देशक सुरज सुब्बा र नाएक एस कुमार मार्च १५ मा ओसाका जाने भएका छन् ।
बिस्तृत जानकारीको लागि OAFF 2012
स्रोत: ग्ल्यामर नेपाल
No comments:
Post a Comment