Saturday, May 5, 2012

Glacier break triggers massive flood in Seti River

Glacier break triggers massive flood in Seti River


The government has said that rainfall, along with a land mass slip in Machhapuchhre VDC, Kaski district, triggered an unexpected flooding in the Seti river on Saturday morning.

पोखरा, बैशाख २३– कास्कीको माछापुच्छ्रे हिमालको फेदमा रहेको हिमताल फुटेर आएको बाढीमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ । । चार जना घाईते भएका छन् । बाढीले बगाएर २२ जना सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । बिहान नौ बजेतिर हिमताल फुटेर सेती नदीमा आएको बाढीमा ज्यान गएकामध्ये खारपानीका गोपाल ताम्राकार र उहाँकी बुहारीको मात्र सनाखत भएको छ ।


बाढीमा ३ जना रसियन पर्यटकको पनि ज्यान गएको आशंका गरिएको छ ।ज्यान गएकाहरुको शव सेतीनदी किनार, लामाचौर रखारापानीमा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । हिमपहिरोले माछापुच्छ्रे गाविसका केही वस्ती र सार्दीखोला गाविस वडा नम्वर ७ र ९ मा गरी ३० घर वगाएको माछापुच्छ्रे गाविस सचिव तोयानाथ आचार्यले जानकारी दिनुभयो ।


स्याङ्जाबाट बनभोजका लागि गएको १६ जनाको टोली मध्ये १४ जनामात्र सम्पर्कमा आएका छन् । घाईते चारजनाको पोखरामा उपचार भैरहेको छ । घट्नास्थलमा नेपाली सेना, शशस्त्र र नेपाल प्रहरी तथा सर्वसाधारणले उद्दार गरिरहेका छन् ।Video: avenuestv/



Powered to: LogNepal.com

No comments:

Post a Comment

Nepali Movie News/Gossips
New Nepali Movies 2012
Disclaimer: This blog contains the videos/movies and other stuffs availed from external link/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor (we are not using these resources commercially). If you are the copyright owner of any contents posted on this blog, please consider to contact us, and we'll remove your content immediately. You can mail us at woofanurag@gmail.com. Love Nepali Music/Videos/Movies- Stop Piracy.... Thanks.