Tuesday, March 6, 2012

कालिमाटी बजारमा शनिवार राती भिषण आगलागी - ६ जनाको मृत्यु

Fire Caught at Kalimati Market Place, Kathmandu Nepal

काठमाडौं, फागुन २१ - कालिमाटी फलफूल तथा तरकारी बजारमा शनिवार राती भिषण आगलागी हुँदा ६ जनाको जलेर ज्यान गएको छ । एक जना घाईते छन् । राती सवा १० बजेतिर बजार बिकास समितिको ३ सय ३४ वटा स्टल रहेको २ तले बहुउद्धेश्यीय भवनमा आगलागी भएको हो । आगलागी भएको भवनबाट ६ जनाको शव निकालिएको कालिमाटी प्रहरीले जनाएको छ ।

तरकारी बजार विकास बोर्डका सदस्य भगवानचन्द्र उप्रेतीले भने ज्यान गुमाउनेमा तरकारी बजारका सुरक्षा गार्ड हिराबहादुर पुन, उहाँका छोरीहरु शान्ति र निरा तथा छोरा निराजनको ज्यान गएको बताउनुभएको छ । पुनकी श्रीमती हिकाको भने गम्भीर अवस्थामा सैनिक अस्पताल छाउनीमा उपचार भईरहेको छ । आगलागीबाट भवन पुरै नष्ट भएको छ । सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा काठमाडौं, ललितपुर र भक्तपुरका दमकल, पानी ट्यांकरको सहयोगमा राती साढे १ बजेपछि आगो नियन्त्रणमा आएको थियो ।

प्रहरीले बिजुली शर्ट भएर आगलागी भएको अनुमान गरेको छ । प्रत्यक्षदर्शीले राती १० बजे बत्ती आउने बित्तिकै भवनका चार ठाउँबाट एकैचोटी आगोको ज्वाला देखिएको बताएका छन् । क्षतिको विवरण संकलनको काम भईरहेको प्रहरीले जनाएको छ । आगलागीबाट बजारमा रहेको साढे ५ सय मेट्रिक टन भन्दा बढी तरकारी नष्ट भएको छ । रातीदेखि बाहिरी जिल्लाबाट आएका तरकारीहरु बजार छिर्न पाएका छैनन् । तरकारी बोकेका गाडीहरु अहिले गेटबाहिरै सडकमा रोकिएका छन् ।

- Source: UNN



If video is not working... Please comment below
(भिडियोमा केहि समस्या भएमा कृपया तल कमेन्ट गर्नुहोला

No comments:

Post a Comment

Nepali Movie News/Gossips
New Nepali Movies 2012
Disclaimer: This blog contains the videos/movies and other stuffs availed from external link/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor (we are not using these resources commercially). If you are the copyright owner of any contents posted on this blog, please consider to contact us, and we'll remove your content immediately. You can mail us at woofanurag@gmail.com. Love Nepali Music/Videos/Movies- Stop Piracy.... Thanks.