Thursday, March 8, 2012

AFC Challenge Cup 2012 उदघाटनक निम्ति FIFA का अध्यक्ष नेपालमा

AFC Challenge Cup 2012 Started in Nepal

विश्व फुटबलको सर्वोच्च संस्था फिफाका (FIFA) अध्यक्ष सेप ब्लाटर नेपाल आइपुगेका छन् । नेपाली फुटबल इतिहासमै आयोजना हुन लागेको सबैभन्दा ठूलो प्रतियोगिता एएफसी च्यालेन्ज कप (AFC CHALLENGE CUP 2012, NEPAL) को उद्घाटन गर्न विश्व फुटबलको सर्वाच्च संस्था फिफाका अध्यक्ष सेप ब्लाटर नेपाल आइपुगेका छन्। ब्लाटर आफ्नो निजी विमानबाट काठमाडौं आइसकेका छन् भने प्रतियोगिताको उद्घाटन गर्नुअघि राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गर्ने कार्यक्रम रहेको छ। आजदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन दिनको खेलमा आयोजक नेपालले प्यालेष्टाइनको सामना गर्दैछ। समूहचरणको पहिलो खेलमा दशरथ रंगशालामा नेपाली समय अनुसार साँझ पाँच बजे नेपाल र प्यालेष्टाइनको खेल हुनेछ। यसै समूहको अर्का खेलमा भने हलचोक खेल मैदानमा माल्दिभ्सले तुर्केमिनिस्तानको सामना गर्नेछ। आज प्यालेष्टाइन विरुद्ध उत्रन नेपाली टोली पुर्णरुपमा तयार रहेको टिमका प्रशिक्षक ग्राम रोबर्टले बताएका छन्। सन् दुई हजार छ को एएफसी च्यालेन्ज कपमा नेपालले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो भने सन् दुई हजार र दुई हजार दसमा समूह चरणबाटै बाहिरिएको थियो।
Source:avenuestv



If video is not working... Please comment below
(भिडियोमा केहि समस्या भएमा कृपया तल कमेन्ट गर्नुहोला

No comments:

Post a Comment

Nepali Movie News/Gossips
New Nepali Movies 2012
Disclaimer: This blog contains the videos/movies and other stuffs availed from external link/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor (we are not using these resources commercially). If you are the copyright owner of any contents posted on this blog, please consider to contact us, and we'll remove your content immediately. You can mail us at woofanurag@gmail.com. Love Nepali Music/Videos/Movies- Stop Piracy.... Thanks.