Wednesday, February 8, 2012

यौनकर्मीको पनि विश्वविद्यालय

University of Professional Prostitutes in United Kingdom


यौनपेशा नेपालमा गैरकानुनी छ त्यसैले हामीकहाँ यौनकर्मीहरुले पेशाको आधारमा आफ्नो अस्तित्व कायम गर्न पाएका छैनन् र जे जति काम हुन्छन् ती पर्दापछाडि हुन्छन् ।

तर विश्वका केही देशमा यौनपेशाले कानुनी मान्यता पाएको छ र यौनकर्मीहरु पनि अरु जागिरे जस्तै आफ्नो पेशाको बारेमा ससम्मान भन्न सक्छन् । यतिमात्र कहाँ हो र, बेलायतमा यौनकर्मीहरुका लागि छुट्टै विश्वविद्यालय नै खोलिएको छ ।

यौनकर्मीहरु मिलेर खोलेको यो खुल्ला विश्वविद्यालयको मुख्य उद्धेश्य नै यौनकर्मीहरुलाई संगठित गर्नु रहेको छ ।

यो खुला विश्वविद्यालयमा केवल यौनकर्मीहरुले मात्र भर्ना गर्न पाउँछन् । वेश्यालयका मालिक तथा व्यवस्थापक र अरु कर्मचारीले समेत भर्ना पाउँदैनन् ।

यो विश्वविद्यालयले यौनकर्मीको विश्व संजालले तयार गरेका आचारसंहिता पालना गर्नेछ । ती आचारसंहितामा यौनकर्मलाई एक पेशा सम्झनुपर्ने, यौनकर्मलाई गैरकानुनी मान्नेको विरोध गर्नुपर्ने तथा यौनकर्मीलाई संगठित गर्नुपर्ने लगायतका छन् ।

यो खुल्ला विश्वविद्यालय एउटा वृहत संगठनको रुपमा रहनेछ जहाँ विभिन्न प्रकारका छलफल, अन्तरक्रिया तथा अन्य कार्यक्रमको आयोजना गरिनेछ ।

यसले यौनकर्मीहरुबीच अनुभव आदान प्रदान गर्ने र हिंसा तथा अन्य समस्याको विरुद्धमा संघर्ष गर्ने ऐक्यवद्धता व्यक्त गर्ने फोरम उपलब्ध गराउनेछ ।


-अनलाइन खबर

No comments:

Post a Comment

Nepali Movie News/Gossips
New Nepali Movies 2012
Disclaimer: This blog contains the videos/movies and other stuffs availed from external link/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor (we are not using these resources commercially). If you are the copyright owner of any contents posted on this blog, please consider to contact us, and we'll remove your content immediately. You can mail us at woofanurag@gmail.com. Love Nepali Music/Videos/Movies- Stop Piracy.... Thanks.