|
रंजीता हत्या प्रकरण, घटना हत्या की आत्महत्या ? अझै रनभुल्लछ प्रहरी !
कीर्तिपुरको धल्पामा वसोवास गरिरहेका सुशील न्यौपानेकी बुहारी दिनेश न्यौपनेकी श्रीमती ३० बर्षकी रंजीता न्यौपाने गत मंगलवार माघ ३ गते रहस्यमय ढंगवाट मृत अवस्थामा फेला परेको थीयो । आफ्नै घरको ढोकानिर सानो काठको छेस्कामा कालो सलले घाँटीमा पासो लगाई झुण्डिएर मृत अवस्थामा विहान सवेरै फेला परेको हो । छिमिकीहरूले सो घटना आत्महत्या नभई हत्या गरिएको शंकामा मृतककी श्रीमान दिनेश न्यौपानेलाई कारवाही गर्न खोज्दा प्रहरीले सुरक्षा दिई निजलाई आफ्नो नियन्त्रणमा लिएको थियो । त्यसपछि मृतककी सासु सुशिला न्यौपाने र मृतककी आमाजुलाई पनि प्रहरीले आफ्नो सुरक्षा घेरामा राखेपछि स्थानीयवासीले हत्यारारूलाई बचाउन खोजेको आशंकामा हत्यारालाई कारवाही गर भन्ने नारा लगाउँदै प्रदर्शन समेत गरेको थियो । आक्रोशित स्थानीयवासीले उक्त घरमा ढुंगामुढा समेत गरेको थियो ।
रंजीता न्यौपानेको हत्यालाई आत्महत्या प्रमाणित गर्न प्रहरीले समेत सहयोगी भूमिका निर्वाह गरिरहेको आरोप उनका माईती पक्षले लगाएका छन्। उनीहरुले विवाह भएदेखिनै नपढेकी, दाईजो नल्याएकी भन्दै सासुले प्रताडना दिने गरेकोमा माईतीले सुन मोबाईल लगायतका समाग्री पठाए पनि यातना दिदै आएको अवस्था र रन्जना झुण्डिएको अवस्थाले घटना हत्या नै भएको प्रष्ट हुँदा हुँदै प्रहरीले प्रलोभनमा परी अनुसन्धान बङग्याईएको दावी गरेका छ।
मृतक न्यौपनेकी साढे १ बर्षको छोरा पनि रहेको छ भने माइत भने गोकर्ण रहेको छ ।
Video:khoj khabar-
If video is not working... Please comment below
(भिडियोमा केहि समस्या भएमा कृपया तल कमेन्ट गर्नुहोला
स्रोत: क्यानाडानेपाल
No comments:
Post a Comment