Saturday, January 28, 2012

सम्भावना बोकेका चलचित्रको लर्को सुरू, बाजी कस्ले मार्ला |Progress of Nepali MOvies

सम्भावना बोकेका चलचित्रको लर्को सुरू, बाजी कस्ले मार्ला ?
नेपाली सिनेमा निर्माणको इतिहास ४८ बर्ष भएको यो अवस्थामा सिनेमा निर्माणले बर्षेनी तिब्रता लिईरहेको छ । यो भिडमा सुरूवातका चलचित्रकर्मी नीर शाह हाल सम्म जति सक्रिय छन् उनी पछीका पिंढीले पनि आफ्नो सक्रियता बर्ढाईरहेका छन् । सिनेमाको ब्यावयास र कलाकारलाई केही बर्गले गलत दृष्टीले हेरे पनि यो पेशा प्रति रूची बढाउनेको संख्या दिनानुदिन उल्लेखनीय रूपमा बृद्धि भैरहेको छ ।

पछिल्लो समय अभिनय सिकेर र फिल्म मेकिङ पढेर यो पेशामा पाईला राख्दा नेपाली सिनेमाले नयाँ पिंढी दर्शकलाई नतानेको पनि हैन तर समय सापेक्ष केही सिनेमाको निर्माणको गुणस्तरता र कलाकार छनौटमा नातावाद र पैसामुखी प्रबृति हावि भैदिदा राम्रा कथा भएका सिनेमा पनि नराम्रा भएका पाईन्छन् । कुनै समय थियो सिनेमाले एक सय दिन मनाएका र डेढ सय दिन मनाएका तर पछिल्लो एक दशकमा मुस्किलले एकाउन्न दिन मनाएका फिल्मको संख्या खोज्ने हो भने पाउन गाहो छ । कुनै समय 'नाईट शो' ले मात्र भरिने निर्माताको गोजी २०५८ सालमा तत्कालिन राजा ज्ञानेन्द्रले लगाएको संकटकालसंगै नाईट शोको बजार खस्किएको विभिन्न विश्लेषणबाट बुझन सकिन्छ र सोही असर एक दशक भैसक्दा पनि कायमै छ । दिनभरी ज्याला मजदुरी गर्ने अनि साँझको समयमा फिल्म हेर्ने ग्रामिण परिवेशको उक्त चलन अब एकादेशको कथा जस्तै भईसकेको छ ।

२०५८ साल पछी खस्किएको सिनेमाको ब्यापार क्रमश लोकतन्त्र स्थापनासंगै २०६४ देखि ०६६ सम्म केही सुध्रिएको पाईन्छ तर पछिल्लो दुई बर्ष ०६७ र ०६८ मा भने सिनेमाको बजार फेल पाईएको छ । २०६७ मा ७० वटा सिनेमा प्रदर्शन भए पनि मुस्किलले पाँचवटा सिनेमाले लगानी उठाएका विभिन्न बार्षिक समिक्षा आए तर पारदर्शी वितरण प्रणाली नभईदिदा सुपर हिट भनिएको फस्टलभले लगानी मात्र सेभ गरेको बुझिन्छ । त्यस्तै ०६८ सालको ९ महिनाको अवधिमा रिलिज भईसकेका ६८ वटा फिल्म मध्ये कुनैले पनि लगानी नउठाएको रिपोर्ट आईसकेको अवस्थामा लुटले उत्साहजनक ब्यापार गर्दा पुनः निर्माताहरू फिल्म निर्माणमा जोसिएका छन् ।


पौष महिना सम्म अन्दाज, मेरो लभस्टोरी र के यो माया होको चर्चा ज्यादा चलेपनि यि सिनेमाको ब्यापारले निर्माताको गोजी भने भराउन सकेनन् । तर लुटले ६८ वटा सिनेमालाई पखा लगाउदै बल्कबस्टर भएर देखाईसकेको छ । रिलिज भएको तीन सातासम्म पनि लुटको ब्यापार उत्साहजनक छ तर मोफसलमा लुटले दर्शकको मन लुट्न असफल भएपनि राजधानीको मल्टिप्लेक्समा भने लुटको निरन्तरता जारी छ । तर लुटले दुई सातामा डेढ करोडको ग्रस कलेक्सन गरेपनि कलेक्सनको बिषयमा पारदर्शिता नभई दिंदा नाफाको बिषयमा भने यसै भन्न सकिने अवस्था छैन । तर पनि यो उत्साह र सफलताले समग्र नेपाली फिल्ममेकर र दर्शकप्रति लुटले गहिरो छाप भने पक्कै छाड्न सफल भएको छ । सम्भवत लुट यो बर्ष कै उत्कृष्ट र सफल सिनेमा हुनेमा दुईमत नहोला तर शुक्रबार देखि यो बर्षको अन्त्यसम्म प्रतिक्षित सिनेमाहरूको लिष्ट बाहिर आएकाले यि सिनेमाले पनि खस्किएको सिनेमा बजारको सिक्कालाई उल्टाउने विश्वास ब्यक्त गरिएको छ ।

माघ १३ देखि चैत २७ सम्म प्रतिष्ठीत ब्यानरबाट निर्माण भएका सिनेमाहरूको लिष्ट र्सार्वजनिक भेसकेकाले राम्रा-राम्रा सिनेमाको लर्डाई यो तिन महिनाको अवधिमा देखिने छ । माघ २० मा काठमाण्डू र माघ २७ गते आई एम सरी रिलिज हुदैछ । यि दुबै चलचित्र बहुप्रतिक्षित सिनेमाको लिस्टमा छन् । यसका साथै माघ २० मा नै छबिलाल कन्जुस छैन रिलिज हुनेछ । आर्यन सिग्देल र केकी अधिकारी स्टारर चलचित्र आई एम सरी र काठमाण्डू मेकिङका हिसावले उत्कृष्ट रहेको भनिएकाले बिजनेसमा पनि अगाडी अगाडी उभिने अंकलन काटिएको छ ।

त्यसैगरी दुई बर्ष पश्चात अभिनयमा कमब्याक भएकी नम्रता श्रेष्ठ र दिलीप रायमाझी लिड रोलमा रहेको 'मिस यू 'फागुन पाँच गते रिलिज लिष्टमा आएकाले यो सिनेमाको पनि बिजनेस भबिष्यबाणी सुरू भैसकेको छ भने सोही मितिमा गोपीकृष्ण मुभिजको मायाको बारीमा, दीपक श्रेष्ठको मजबुर पनि रिलिजहुँदा एकै मितिका तीन सिनेमाको ब्यापारको हिसाव किताव अनुमान लगाउन सुरू भैसकेको छ । मात्र यति हो कि जसरी नम्रता अभिनित मेरो एउटा साथी छ हिट भएको थियो सोही अनुरूप आफ्नो फिल्म हिट हुने विश्वास मिस यू टिमले उक्त मितिमा लिएको छ । स्क्याण्डल गर्ल नम्रताको पावरले मिस यू हेर्न दर्शकलाई हल सम्म तान्ला वा नतान्ला भन्ने बिषयको बहस पनि चल्न थालिसकेको छ ।

त्यस्तै फागुनको दोस्रो सातामा रिलिज फिल्मको लिस्ट अहिले सम्मा नआएपनि फागुन १९ मा एभरग्रीन भूवन केसीको साथी म तिम्रो पनि प्रतिक्षारत फिल्मको सूचिमा परेको छ । होम प्रोडक्सनबाट क्वालिटीका फिल्म दिने भूवनको ब्यक्तिगत आचरण जे भएपनि सिनेमा राम्रो बनाउछन् भन्ने छापले पनि उनी हिट निर्माताको अग्रपङत्तिमा छन् तसर्थ फागुनलाई १९ प्रतिक्षित दिनको रूपमा पनि हेरिएको छ । यसैगरी फोटो स्क्याण्डलले चर्चा बटुलेको चपली हाईट पनि प्रतिक्षित सिनेमाको लिष्टमा परेको छ । चैत्र ३ मा चलचित्र रिलिज हुने बताईएको छ । फोटोबाटै नक्कल सुरू गरेको चपली हाईटलाई दर्शकले कुन हाईटसम्म पुर्‍याई देलान यसै भन्न सकिने अवस्था छैन । यस्तै सिनेमाको प्रतिष्ठीत लिष्टमा चैत महिनाको तेस्रो सातादेखि मात्र तीन सिनेमा रिलिज लिष्टमा रहेका छन् जस मध्ये चैत मसान्तमा रेखा फिल्मसको रावण रिलिज फिक्स भैसकेकाले रेखा ब्यानरको फिल्म प्रतिक्षित सिनेमाको लिष्टमा नपर्ने कुरै भएन ।

नौ महिनामा असफल रहेको सिनेमा बजारमा राम्रा सिनेमा रिलिज लिष्टमा परेकाले यो तिन महिनामा खस्किएको सिनेमा बजार उठ्ने प्रबल सम्भावना छ तर राम्रा सिनेमा आईरहेका बेला भारतीय सिनेमाको हस्तक्षेप र एक निर्माताले अर्को निर्मातालाई चङ्गा चैट गराउने राजनीतिक खेल बढेमा अपेक्षा गरिएका यि फिल्महरू सहिद नहोलान् पनि भन्न सकिन्न । मात्र आश गरौ खस्किएको सिनेमा बजारलाई यो तिन महिनामा रिलिज हुने सिनेमाहरूले ओरालो लागेको सिने बजारको सिक्का पल्र्टाई दिओस ।

No comments:

Post a Comment

Nepali Movie News/Gossips
New Nepali Movies 2012
Disclaimer: This blog contains the videos/movies and other stuffs availed from external link/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor (we are not using these resources commercially). If you are the copyright owner of any contents posted on this blog, please consider to contact us, and we'll remove your content immediately. You can mail us at woofanurag@gmail.com. Love Nepali Music/Videos/Movies- Stop Piracy.... Thanks.