|
|
गत हप्ता "देशान्तर" साप्ताहिकमा नायिका प्रिया रिजालको अन्तर्वार्ता छापियो। अन्तर्वार्तामा उनले आफु कुमारी आमा भएको गौरबताका साथ बताएकी छिन। आफ्नो अहिलेसम्म बिहे नभएको तर साढे पाँच वर्षको छोरा भएकी प्रिया, कुमारी आमा कसरी बनिन्
भन्ने बारे उनको भनाई पनि जिब्रो टोक्नु पर्ने खालको छ। उनका अनुसार उनका एक "क्रेजी फ्यान"ले पटक-पटक प्रस्ताव राखेका थिए रे तर उनले मानेकी थिइनन् रे। एक दिन उनलाई बच्चा जन्माउन रहर लाग्यो रे। अनि बच्चामात्र जन्माउने गरी उनीसित सम्बन्ध जोडेको रे।उनले अन्तरबार्ता मा भनेकी छिन "अहिले टोटल्ली फ्रि भएकी छु र विवाहपछि निश्चित घेरा तोकिएर श्रीमान् कै आदेशमा हिँड्नु पर्ने भएकोले विवाह शब्द सुन्नासाथ इरिटेट हुन्छु। बच्चाले बाउ खोज्दा के गर्नुहुन्छ त भन्ने प्रश्नको उत्तरमा उनले छोरालाई सबै कुरा बताइसकेको र छोराले पनि सानै भए पनि सबै कुरा बुझेको बताएकी छिन् । अहिले पो तरुनी हुनुहुन्छ, पैसा कमाउनु हुन्छ, भविष्यमा बूढी हुँदै जाँदा कसैको सहारा चाहिएला नि भन्ने प्रश्नको उत्तरमा भने उनले "पछिको कुरा पछि नै थाहा होला। त्यस्तो होला जस्तो लाग्दैन" भनेर टारिन।

No comments:
Post a Comment