Thursday, December 29, 2011

सुंदर अपि पदयात्रा;अपि हिमालको सौन्दर्य

Power News:Api Himal (7100m) is Western Nepal's highest mountain.
नेपालका हिमालमध्ये अपि हिमाल ज्यादै सुन्दर छ । अपि हिमाल दार्चुला जिल्लामा पर्दछ । सरकारले ढिलै भए पनि अपि हिमालको संरक्षण गर्न थालेको छ । सरकारले दार्चुलाका उत्तरी भेगका २१ गाविस समेटेर २०६७ साल असार २८ गते ‘अपि नाम्पा संरक्षण’ क्षेत्र घोषणा गरेको छ । अपि क्षेत्रमा हिउ चितुवा, रेड पाण्डा, मृग, रतुवा, घोरल, नाउर, झरल, कालो भालु, दुम्सी, थर लगायत बन्य जन्तु पनि पाउने गर्दछन् । यहा“ डा“फे मुनाल, चिर, चिल, भ्याकुर, च्याखुरा लगायत दुई सय भन्दा बढी प्रजातीका चरा पाइने गर्दछन् । अपि क्षेत्र उपत्यका जस्तै छ । चारै तिर हिमालै हिमाल र बीचमा समथल भुभाव । अपि हिमालको उचाई ७१३२ मिटर रहेको छ । त्यसको ठिक सामुन्ने उभिएको नाम्पा चुली ६७५५ मिटर अग्लो छ । यसका साथै रिङरेपानी, कापाकोर, काली ढुंगा, बबई लगायतका चुलीहरु रहेका छन्।

अपि हिमालको दक्षिणपट्टि तल्लो भागमा स–साना बुट्यान छन् भने बा“की ठाउ“ खुल्ला चौर जस्तै रहेको छ । त्यहा“ ठुला चट्टान र माटो मात्रै रहेको छ । बबई चुली मुन्तिर हिमताल रहेको छ । सगरमाथा वेसक्याम्प पछिको अर्को सुन्दर ठाउ“मा अपी वेस क्याम्प पनि पर्ने गर्दछ । अपि हिमालको फेदबाट चमेलिया नदी बगेको छ । यस नदीलाई स्थानिय भाषामा चौलानी नदी भन्ने गरेको छ । हाल यस नदीमा ३२ मेगावाटको चमेलिया जलविद्युत परियोजनाको निर्माण भइरहेको छ । अपि उपत्यकामा प्रशस्त मात्रामा ठूला ठूला फराकिला चौरहरु रहेका छन् । यस भेगका मानियहरु प्राय यार्चागुम्बा निर्भर रहेका छन् । र, यार्चागुम्बा टिप्न जाने बेला फुर्सदको समयमा मनोरञ्जनको लागि क्रिकेट खेल्ने गर्दछन् र त्यसका लागि उनीहरुले यहा“ क्रिकेट मैदान समेत बनाएका छन् । यस क्षेत्रको अर्थतन्त्रमा यार्चागुम्बाले ठूलो महत्व राखेको छ । यहा“ उनीहरु गाउ“मै यार्चागुम्बा प्रतिकिलो ७ लाखसम्म विक्री गर्ने गर्दछन् । त्यस्तै, यार्चागुम्बा टिप्न त्यो भेगका मान्छे मात्र नभई परपरबाट पनि आउने गर्दछन् । अझ जेठ–असारमा त यार्चागुम्बा टिप्नेहरुको मेला नै लाग्ने गर्दछ भने यो समयमा यस ठाउ“मा पर्यटकको संख्या निक्कै घट्ने गरेको छ ।
अपि हिमालको यात्रा गर्न काठमाडांैबाट धनगढीसम्म हवाई तथा मोटर यात्रा गर्नु पर्दछ । त्यहा“बाट डोटी, डडेल्धरा, बैतडी र दार्चुला हु“दै गन्नासम्म बसमा जान सकिन्छ । गन्नाबाट विटुलेसम्म पदयात्रा ८ दिन हिडेर अपि वेसक्याम्प पुग्न सकिन्छ । पूर्वाधार विकास गर्न सकेको खण्डमा अपि पदमार्गको भविष्य राम्रो रहेको छ । अपि यात्रालाई सैपाल हिमालको फेदी वझाङतर्फ मोड्न सकिने पर्यटकहरु बताउ“छन् । अपि–नाम्पालाई फिसिङ ट्रेलका रुपमा समेत विकसित गर्न सकिन्छ । चमेलिया नदीमा पर्यटकलाई फिसिङ गराउन सके पदयात्रामा आउने पर्यटकका लागि नया“ अनुभव दिलाउन सकिन्छ ।



If video is not working... Please comment below
(भिडियोमा केहि समस्या भएमा कृपया तल कमेन्ट गर्नुहोला

No comments:

Post a Comment

Nepali Movie News/Gossips
New Nepali Movies 2012
Disclaimer: This blog contains the videos/movies and other stuffs availed from external link/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor (we are not using these resources commercially). If you are the copyright owner of any contents posted on this blog, please consider to contact us, and we'll remove your content immediately. You can mail us at woofanurag@gmail.com. Love Nepali Music/Videos/Movies- Stop Piracy.... Thanks.