Thursday, December 29, 2011

Astha Shrestha Won The Title of Miss Teen Nepal 2011

Astha Shrestha Won The Title Miss Teen 2011
बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित Republica Miss Teen 2011 को अन्तिम चरण मा "सम्पूर्ण नेपालीलाई के भन्न चाहनु हुन्छ?" - भन्ने निर्णायकको प्रश्नमा "२०४६ र २०६२ सालको आन्दोलन पछिको परिवर्तनलाई स्वीकारेर शान्तिपूर्वक हातेमालो गरेर बाचौं" भन्ने जवाफले Republica Miss Teen 2011 को उपाधि १९ वर्षिया आस्था श्रेष्ठले जितेकी छिन्। College of Applied Food & Technology मा अध्ययनरत आस्थाले उपाधी जितेपछि भनिन्,"यो मेरो लागि एउटा राम्रो प्लेटफर्म बनेको छ। यसलाई विशेष अवसरका रुपमा लिएकी छु।" उनले टाइटल “ Miss Personality” पनि हात परेकी छिन । काठमाडौं जेसिसले आयोजना गरेको उक्त प्रतियोगितामा १८ प्रतियोगिले सहभागिता जनाएका थिए।

परिधी शर्मा First Runner Up भइन् । परिधीले “Miss Popular” को ताज पनि पाइन्। सृष्टि साउदले Seconf Runner Up को ताज हात पारिन्। उनलाई “Friendship” को उपाधि पनि दियिएको थियो। त्यस्तै गरि “Photogenic” भइन् जोत्सना ठकुरी। सुजिता खनालले “Best Dress” मा आफूलाई अब्बल स्थापित गरिन्।

Miss Teen आस्था श्रेष्ठ नेपालको प्रतिनिधित्व गरेर दक्षिण एसियाली राष्ट्रको युवा सञ्जालमा सहभागी हुने जानकारी आयोजक सम्पूर्णरत्न तुलाधरले दिए। कार्यक्रममा मिस नेपाल मलिना जोशी, अभिनेत्री निशा अधिकारी, सह प्राध्यापिका लिली थापा, व्यवसायी अखिल कुमार चौलागाई, चलचित्र निर्देशक नारायण पुरी र प्रदिपमान वैद्य निर्णायक मण्डलमा थिए।

दुई हप्ता चलेको प्रशिक्षणमा पूर्व मिस नेपाल सेकेन्ड रनर अप कुन्छाङ मोक्तानले प्रशिक्षण दिएकी थिइन्। १६ देखि १९ वर्षका किशोरीहरुले भाग लिन सकिने उक्त प्रतिस्पर्धामा काठमाडौं, ललितपुर, धादिङ, भक्तपुर लगायतका शहरहरुबाट प्रतियोगीहरु सहभागी थिए।कार्यक्रमको कोरियोग्राफी कुन्छाङले गरेकी थिइन्।

कार्यक्रममा गत वर्षकी Miss Teen 2010 winner कृष्टि तामाङले आस्थालाई ताज पहिराई दिएकी थिइन्। उनले विदाई मन्तव्यमा भनिन्,"१ वर्षको अवधिमा काठमाडौं जेसिससँग मिलेर विभिन्न समुदायसँग काम गर्ने अवसर पाइयो। यसले मेरो करियरमा महत्वपूर्ण भूमिका खेलेको छ।"

No comments:

Post a Comment

Nepali Movie News/Gossips
New Nepali Movies 2012
Disclaimer: This blog contains the videos/movies and other stuffs availed from external link/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor (we are not using these resources commercially). If you are the copyright owner of any contents posted on this blog, please consider to contact us, and we'll remove your content immediately. You can mail us at woofanurag@gmail.com. Love Nepali Music/Videos/Movies- Stop Piracy.... Thanks.